पोखरा नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा
काठमाडाैं | पुस ६, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)मा राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले पहिलो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको छ ।
यस खेल अघि नै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको पोखराले शुक्रबार खेलमा १/१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो ।
पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो ।
धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्ने छ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ ।
पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।
ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

